काँग्रेस नेतृत्वको मौनता जन सम्पर्क समितिहरुमा भाड भैलो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

काँग्रेस नेतृत्वको मौनता जन सम्पर्क समितिहरुमा भाड भैलो



योगेन्द्र गौतम

नेपाली काँग्रेसको भातृसंगठन नेपाली जन सम्पर्क समिति को स्थापना सन १९७६ जुन १३ को दिन भारत को मुम्बईमा जन नायक बि पी कोइरालाबाट गरिएको हो । सस्थापक अध्यक्ष आछाम जिल्ला का के एस रावल नेतृत्वमा गठन भएको नेपाली जन सम्पर्क समिति भारत बिस्तारै मुम्बई देखी भारत का हरेक राज्यहरूमा पनि बिस्तार हुँदैगयो । चन्दिगढ ,दिल्ली , भोपल , र चेन्नै मा क्षेत्रीय समिति को गठन हुँदै कार्यालय हरू स्थापित भए । भारतमा रहने नेपालीहरूको नेपाली जन सम्पर्क समितिमा आकर्षण बढ्दै गयो बीपीका विचारहरूलाई जान्ने एउटा साझा ठाउको रूपमा नेपाली जन सम्पर्क भारतलाई सम्पूर्ण नेपालीहरूलाई सङ्गठित हुने सुवर्ण मौका प्रदानगर्यो।

नेपालमा राजनीतिक पार्टीहरू खोल्न र प्रजातन्त्रको आवाज सम्म उठाउन बन्देज गरेको एक दलिय निरङ्कुश पंचायत व्यवस्थाको विरुद्ध मोर्चा बन्दी गर्न नेपालमा अनुकूल नहुदा नेपाली जन सम्पर्क समिति भारत न्याय पूर्ण नेपाली जनताका आवाजलाई लिएर भारत र नेपालमा गुञ्जिन सफल रह्यो। बीपिले मेलमिलापको नीति २०३३मा भारतबाट नेपाल प्रवेश गर्दा नेपाली जन सम्पर्क समिति भारतले गरेको योगदान नेपाली काँग्रेसको ईतिहसिक दस्ताबेजमा अझै धेरै स्मरणीय रहदै नेपालको हरेक गाउँ टोल, र सहरमा गरेका कामहरूले नेपाली जनताको मनोबल उच्च राख्न ठुलो भूमिका प्रदान गरेको कुरा सबैलाई सर्वविदितैछ।

नेपालीहरू भारत भन्दा बाहिर संसारको हरेक कुना काप्चामा वैदेशिक रोजगारी तथा विभिन्न पेसामा कार्यरत रहेर नेपालीको काँग्रेसको सिद्धान्त र बीपीका बिचार तथा आदर्श हरू एवं समजवादी दर्शनको चिन्तनलाई जीवित राख्दै नेपाली काँग्रेसको झन्डा मुनि गोलबद्ध भई नेपाली काँग्रेसको भातृसंगठन नेपाली जन सम्पर्क समितिमा आबद्ध रहेर सक्रिय रूपमा पार्टीका दैनिक गतिविधि र क्रियाकलापहरू सञ्चालन गर्दै आईरहेकछन। नेपालमा मानवीय घटना,प्राकृतिक विपत्ति र राजनीतिक परिघटना क्रमलाई दृश्य अबलोकन गर्दै नैतिक तथा आर्थिक सहयोग पुराउदै आइरहेकाछन। नेपाली जन सम्पर्क समिति विश्वको महा शक्ति देश अमेरिका देखि युरोप, अस्ट्रेलिया जापान र खाडी मुलुकहरूमा पनि स्थापित भैसकेकोछन।

नेपाली जन सम्पर्क समितिहरू विदेशमा हरेक नेपालीहरूको सामाजिक,कानुनी र व्यक्ति पिक्ष्यका समाधान गर्न सक्ने सबै समस्याहरूको समाधानको उपाय खोज्दै नेपाली समुदायलाई अझै बलियो बनाउने काममा सधैँ लागि रहेकोछन। छिमेकी मुलुक भारतमा काम गर्ने नेपालीहरूको समस्यलाई नेपाली जन सम्पर्क समिति भारतले समय समयमा नेपाली कांग्रेका नेताहरूलाई जानकारी गराउदै आइरहेकोछ। घर फर्किने क्रममा भारतीय सुरक्षा निकायको गरेको दुर्ब्यबहार र अत्याचारको बारेमा नेपाली काँग्रेस पुरा जानकार रहेकोछ।नेपाली सरकारको टोलीले नेपाली जन सम्पर्क समितिको आधारमा दुई देशको कुटनैतिक स्तरमा यस छलफल हुने गरेकोछ।

नेपाली काँग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकोले पार्टीमा भएका आन्तरिक प्रतिस्पर्धाको असर विदेशमा रहेका नेपाली जन सम्पर्क समितिहरुमा पनि गुट उपगुटको असर प्रत्येक्ष देखा पर्दै गईरहेकोछ। जसको कारण युरोप अमेरिका जापान र अस्ट्रेलियामा ठुलो विवाद रहेको समाचारमा पाउँदा धेरै दुख लाग्दछ। नेपाली जन सम्पर्क समितिमा देखा परेको कलह आन्तरिक हुँदै बाहिर छताछुल्लै हुने गरेको विगतका केही वर्ष देखि बेलायत, अस्ट्रेलिया, र अहिले जापान पनि त्येस्तै देखियो। अमेरिकामा भूकम्प पीडितलाई जम्मा गरेको नेपाली तथा विदेशी जनताहरुसित एक एक डलर नेपाली जन सम्पर्क समितिबाट हिनाबिना भयो भन्ने समाचारले ईमान्दार र कर्मठ कार्यकर्ताहरूको मुटुमा गाठो परिरहेकोछ।

अस्ट्रेलिया र बेलायतमा नेपाली जन सम्पर्क समितिको समानान्तर कार्यसमितिछन जसले एकले अर्को नेतृत्व स्वीकार्न सक्दैनन। नेता बन्न त्येस देशमा रहेका कांग्रेसी नेपालीहरूको साथ सहयोग र समर्थन भन्दा नेपालमा रहेका नेताहरूको समर्थनबाट नेता हुने होटबाजीमा दिनमा १० पटक नेताहरूलाई फोन गर्ने गर्दछन्। डलर, पाउण्ड,युरो, येन र जिन्सी को गफ दिएर नेताको मन जित्ने कोसिसमा लाग्ने गर्दछन्। न्यु मोडेलको मोबाइल,ल्यापटप, गरगहना, लेडिजका स्रिङ्गारका,झोला समानहरु उपहार दिएर नेताहरूलाई भ्रष्ट बनाउने कोसिस गर्दछन्।

नेपाली जन सम्पर्क समिति भारतमा बिबादहरु खासै देखिदैन। आफ्नो कार्यक्षेत्र छोडेर केही नेतृत्वले माउपार्टीका नेताहरूको अगाडी पछाडि हिड्न व्यस्त भएकोले आफ्नो कार्यक्षेत्र को कुनै मतलब छैन । यत्रो विशाल भारत अहिले नेतृत्व विहिन जस्तो अवस्थामा अलपत्र भएकोछ।

नेपाली जन सम्पर्क समितिमा नैतिकता,क्षमता र योग्यता नभएका व्यक्तिहरू नेतृत्वमा पुगेकोले धेरै देशहरूमा ईमन्दरियताको खडेरी परेको देखिन्छ। नेपाली जन सम्पर्क समितिको नेतृत्वमा रहेर बीपीका सपनालाई पुरा गर्ने बाचा र प्रतिबद्धता गरेका विदेश स्थिति जन सम्पर्क समितिको नेतृत्वहरु काठमाडौँका नेता मोह र गुलामी गर्दै नेताको आट भरोसा र नेताको गफधाक दिएर केही नेपाली जन सम्पर्क समितिका नेतृत्व हरू भरष्टचार,मानव तस्करी,गुठ्बन्दी , नातावाद , कृपाबादमा नराम्ररी फसेकोले समितिलाई बदनाम गर्ने काममा गरिरहेकोलाले सच्चा बीपीका अनुयायीहरुलाई बेहोस बनाउछ।

विदेश स्थितका जन सम्पर्क समिति जुन उद्धेश्य लिएर गठन भएका थिए र पार्टीबाट मान्यता प्राप्त भएका थिए आज पछिल्लो समयमा आएर विपरीत ठिक उल्टो दिशामा परिचालित भएको स्पष्ट देखिन्छ। दुख र बिपतमा परेका नेपालीहरूलाई लाई सहयोग भन्दा पनि थप दुख तथा पिडा दिने,पैसा असुल्ने, आफ्नै समिति भित्रै अन्तरघात गर्ने,खुराफातको विकास गर्ने, दलाली गिरि गरी संस्था भित्रै भॉड भैलो गर्ने जस्ता असामाजिक, अराजनीतिक बिकृतिहरुबाट ग्रस्त हुँदै अति निकृष्ट कार्यहरूले नेपाली जन सम्पर्क समितिलाई विदेशमा रहने नेपाली समुदायहरुमा बदानामी गराउने जस्ता कार्यहरू देखा परेकाछन्।

नेपाली काँग्रेसको नेतृत्व र नेताहरूले नेपाली जनसम्पर्कलाई विदेशमा मर्यादित र भरपर्दो तरिकाले जिउदो राख्नको लागी निपक्ष बिना पूर्वाग्रह आग्रह पानीलाई पानी दूधलाई दूध छुटाउन गलत र अपराधीकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने प्रवृतिलाई अब छाड्नु पर्दछ। नीतबिधिबिधानको परिधि भित्र रहेर नेपाली जन सम्पर्क समितिलाई नेपाली काँग्रेसको विदेशमा रहेका सबै कांग्रेसीहरुको अपनत्व हुने पर्ने भातृसंगठनको रूपमा कार्यक्रम सञ्चालन गर्नु पर्दछ। विवाद भएका ठाउँमा पार्टीले सिधा हस्तक्षेप गरी विवादलाई सामान्यकारण गर्न सक्नु पर्दछ। पार्टीको मौनताले नेपाली जनसम्पर्कहरुमा भाड भैलो भईरहेकोछ। पार्टीको बदनाम भैरहेकोछ।भाड भैलोबाट ग्रस्त नेपाली जन सम्पर्क समितिलाई सच्चा र ईमान्दार कांग्रेसी कार्यक्रताहरुको भर विश्वासको बनाउन नेपाली कांग्रस पार्टीको प्रत्यक्ष निग्राहानीको सक्त आवश्यकछ।