मन्त्री योगेश भट्टराईको निर्णय विवादमा : संसद्‍देखि सञ्‍जालसम्‍म विरोध - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मन्त्री योगेश भट्टराईको निर्णय विवादमा : संसद्‍देखि सञ्‍जालसम्‍म विरोध



काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रमभन्दा पहिला अनिवार्य रुपमा राष्ट्रिय गान गाउनुपर्ने मन्त्री योगेश भट्टराईको निर्देशन धर्म, संस्कृति र परम्परा विरोधी भएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रधानले पशुपतिमा आरतीमात्रै नभई आर्यघाटमा दाहसंस्कार पनि हुने गरेकाले राष्ट्रिय गान बजाउन सान्दर्भिक नहुँने बताए ।

पशुपति आर्यघाटमा आरतीको समयमा मलामी तथा किरीयापुत्रीहरू पनि हुने भएकाले दुःखको समयमा राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिनु पर्ने बाध्यता भएकाले यो उपयुक्त नहुँने भन्दै उनले आपन्ति जनाएका हुन् । यसले राष्ट्र गानको सम्‍मान नभई अनादर हुने उनको टिप्पणी छ ।

पशुपतिमा विश्वभरबाट करोडौं हिन्दू भक्तजन पनि आउने र विदेशीले हाम्रो राष्ट्रगान बज्दा उभिनु पर्ने बाध्यता नभएकाले पनि यो उपयुक्त नहुँने उनको ठहर छ ।

सांसद प्रधानले पशुपतिमा राष्ट्रिय गान बजाउने निर्णयमा पुनर्विचार गर्न पनि माग गरे । ‘यसरी गरिमा हुँदैन, अनादर पैदा हुन्छ। यो पञ्चायत जस्तै भयो’, उनले भने ।