योगेश भट्टराईले भने: अब बिरोधिहरूलाई छोडिन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

योगेश भट्टराईले भने: अब बिरोधिहरूलाई छोडिन्न



पाँचथर- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संघीयता र गणतन्त्रको बिरोधिहरूलाई नछाड्ने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन गर्दै मन्त्री भट्टराईले हत्या, हिंसा, आतंक, संघीयता, गणन्त्रविरोधीलाई सरकारले स्वीकार नगर्ने बताएका छन्।

‘संविधानले सबै आवाजहरु राख्न पाउने सुविधा दिएको छ’, उनले भने, ‘संविधानभन्दा बाहिर गएर हत्या, हिंसा, आतंक फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रने जो–कोहीलाई सरकारले स्वीकार गर्दैन।’

मन्त्री भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले दलहरुबीच विकास र समृद्धिको एजेन्डामा प्रतिस्पर्धा हुनुपर्ने बताए। समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने उनको भनाइ थियो। उनले आर्थिक वृद्धिदर उकालो लाग्न थालेको र केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएको प्रष्ट पारे।

मुलुक तीन तहको संघीय व्यवस्थामा गएपछि कानूनी, संरचनागत र प्रशासनिक व्यवस्थापनमा संघीय सरकारले धेरै समय खर्चनुपर्दा अपेक्षाकृत कार्य गर्न नसकेको हो कि भन्ने भ्रम परेको मन्त्री भट्टराईको भनाइ छ। ‘पहिलो वर्षलाई आधार वर्ष मानेर यो सरकारले १८ वटा मौलिक हकसम्बन्धी कानून निर्माण, संविधानसँग बाझिने १५० कानून संशोधन र प्रदेशको व्यवस्थापनमा धेरै समय खर्च ग¥यो’,उनले भने, ‘अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ।’

पूर्वी नेपाल पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको र आफू त्यही मन्त्रालयको विभागीयमन्त्री भएकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकारले योजनाबद्ध रुपमा काम गर्दै पर्यटन वर्ष २०२० लाई सफल पार्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ। उनले तमोर जलाशययुक्त आयोजना, पुष्पलाल मध्यपहाडी लोकमार्ग, तमोर कोरिडोरजस्ता आयोजना पूर्वी नेपालमा अघि बढ्न लागेको बताउँदै स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिन स्थानीय तहलाई आग्रह गरे।