मन्त्री भटराईले प्रधानमन्त्रीलाई भने: अब सबै ढाकछोप गर्न सकिन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्री भटराईले प्रधानमन्त्रीलाई भने: अब सबै ढाकछोप गर्न सकिन्न



काठमाडौं- प्रधानमन्त्री ओलीको हर कमजोरीमा काँध थाप्दै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अब उनको ढाकछोप गर्न र सबै सबै काममा साथ् दिन नसक्ने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा चलिरहेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुँदा उनले दिएको प्रतिक्रिया विवादित भैरहेका बेला उनले अब हरेक गल्तीमा ढाकछोप गर्न नसक्ने बताएका हुन् ।

सरकारी निवासमै प्रधानमन्त्री ओलीलाई भेटेर अब सबै कामको ढाकछोप गर्न नसक्ने, र यसरी ढाकछोप गरेरै नसकिने बताएका छन् ।

स्रोतको जानकारी अनुसार बैठकमा प्रधानमन्त्रीको बचाउ गरेका मन्त्री भट्टराईले प्रधानमन्त्रीसँग भेटेर चाहिं अनुपस्थित हुनु पार्टी र स्वयं ओलीकै लागि पनि प्रतिउत्पादक हुने बताएका छन ।

मन्त्री भट्टराइले प्रधानमन्त्री ओलीसंग आफूले यहि सरकारमा भएकाले केहि ढाकछोप गर्नुपरेको र त्यो ढाकछोपले आफ्नै इमेज बिग्रिएको समेत बताएका थिए । ‘मन्त्री हुनुको नाताले तपाईंका कामको प्रतिरक्षा गर्न तयार छु तर जे जसरी काम भइरहेको छ यसको परिणाम चाहिं राम्रो हुँदैन कि’ उनले भने ।

स्रोतको दाबी अनुसार मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको बचाउमा बोल्दा बोल्दा आफ्नै छबी बिग्रिएको निष्कर्षमा पुगेका छन् ।

पछिल्लो समय भट्टराईले ओलीका हरेक विवादित भाषण र ओलीले गरेका हरेक विवादित कामबारे प्रतिरक्षा गर्दै आइरहेका थिए । कहिले ट्वीटरबाट त कहिले संसदबाट नै उनले प्रधानमन्त्री माथि चौतर्फी आक्रमण भएको बताउने गरेका थिए ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको बेसार काण्डको बचाउ गरेका थिए त्यसपछि उनले स्थायी कमिटि बैठकमा उपस्थित नभएको बिषयमा बचाउ गरेका थिए ।