मन्त्री भट्टराईको घोषणा: सबै राजा महाराजाहरुले जहाज चढेको पैसा उठाउँछु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्री भट्टराईको घोषणा: सबै राजा महाराजाहरुले जहाज चढेको पैसा उठाउँछु



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले राजा महाराजाहरुले चढेको जहाजको पैसा उठाउने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले आफू जनताको सेवक भएकोले जनतासँग डराउने भएपनि मण्डलेहरुसँग नडराउने कडा प्रतिक्रिया दिएका छन् । उनले भने,‘हामी मण्डलेसँग भाग्दैनौं । तर, जनतासँग डराउँछौं । जनताका आलोचना सुन्छौं ।’ आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छनमा’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भट्टराईले आक्रोश पोख्दै भने,‘मण्डलेसँग हामी किन सचेत हुने ? को हो मण्डले ? भुतप्रेतहरु, प्रतिगामीहरु, को हुन उनीहरु ? यही मण्डलेका नाईकेहरु, पढेलखेका भन्नेहरुको स्तर नै देखियो त । तिनै मण्डलेहरुले प्रयोग गरेको जहाजको पैसा नतिरेर झण्डै झण्डै पाँच करोड क्याँस, र आजको दिनमा ब्याजमा ढाल्नुभयो भने राजा महाराजाहरुले चढेको जहाजको पैसा नतिरेर हाम्रो एयरलाईन्सको डुबिरहेको छ । त्यो पैसा उठाउन म आएको हुँ ।’

उनले सरकारले तिर्ने कि उनीहरुको जाहेजेथोबाट उठाउने भन्नेबारे निर्णय गर्न बाँकी रहेको सुनाए । नेपाल वायुसेवा निगमलाई सु्धार गर्नको लागि आफूहरुले उच्चस्तरीय आयोग गठन गरेको सुनाउँदै असाजे १ गते प्रतिवेदन आउने पनि उनले जनाए ।