पर्यटनमन्त्री योगेश भट्टराईलाई श्री एयरलाइन्सले दियो साथ - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

पर्यटनमन्त्री योगेश भट्टराईलाई श्री एयरलाइन्सले दियो साथ



काठमाडौँ- संकृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईको कदममा श्री एयरलाइन्सले साथ दिएको छ ।

मन्त्री भट्टराईले केही दिनपहिले जेष्ठ नागरिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए ।  मन्त्री भट्टराईको सोही घोषणाको मर्म अनुसार श्रीले जेष्ठ नागरिलाई दसैंतिहार तथा छठका अवसरमा भाडामा ५० प्रतिशत छुट दिने भएको हो ।

घटनास्थापनादेखि लागू हुनेगरी कम्पनीले ७५ वर्ष पुगेका बृद्धबृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट (इन्धन र ट्याक्सबाहेक) दिइने जनाएको छ।

त्यस्तै ८५ वर्ष उमेर पुगेका बृद्धबृद्धाले भने ५ सय रुपैयाँ तिरेर बाँकी हवाई भाडा तथा इन्धन उपशिर्षकको शुल्क छुट पाउने कम्पनीले जनाएको छ ।

यसका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप अथवा वेबसाइटबाट टिकट लिएकाले यो सुविधा पाउने छन् ।

एउटा उडानमा अधिकतम दुई जनालाई मात्रै यो छुट दिइने कम्पनीले जनाएको छ ।