योगेश भन्छन्: अदालतको फैसला बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

योगेश भन्छन्: अदालतको फैसला बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड



काठमाडौं- सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीतिमा तरङ्ग ल्याएको छ । एमाले नेता योगेश भट्टराईले सर्वोच्चको पछिल्लो फैसलाबारे टिप्पणी गरेका छन् ।

उनले अदालतबाट आएका आदेशहरूले एमाले एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो आफूलाई लागेको बताएका छन् । कडा टिप्पणी गर्दै योगेशले अदालतको फैसला बिझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भएको बताएका छन् ।

‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ भएको भन्दै अगाडि भनेका छन्, ‘भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’