युवा निर्देशक क्रान्ति के.सीद्वारा बलीउड स्तरीय भिडियो “पिरतीको डोरी”(भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

युवा निर्देशक क्रान्ति के.सीद्वारा बलीउड स्तरीय भिडियो “पिरतीको डोरी”(भिडियो सहित)



समीर प्रकाश पाण्डे

साङ्गीतिक क्षेत्रका एक नक्षत्र वसन्त थापा पछिल्लो गीत पिरतीको डोरी लिएर दर्शक माझ आएका छन् । अभयज डिजिटलको प्रस्तुतिमा प्रल्हाद सुबेदी को शब्दलाई टपक्क टिपेर आफ्नै सङ्गीत र आवाजमा सिता केसीलाई पिरतीको डोरी कस भनेका हुन क्रान्ति केसीको छायांकन र निर्देशन रहेको सो म्युजिक भिडियो लाई दाकों पिक्चर बाट पोस्ट प्रोडक्सन गरिएको छ । रोमान्टिक पाराको सो गीत मा क्रान्तिले पछिल्लो समय चर्चामा रहेका मोडल दुर्गेश थापा र नव ब्युटिफुल मोडल हरिशा बानियालाई रोमान्स गराएका छन् ।

नेपाली साङ्गीतिक फिल्डमा चर्चा कमाएका गायक तथा सङ्गीतकार वसन्त थापाले हाल सम्म गरेका म्युजिक भिडियो को उत्कृष्ट पंक्तिमा यो म्युजिक भिडियो पनि पर्दछ । पछिल्लो युवा र दर्शकको चाहना अनुसारको नयाँ शैलीमा गाइएको सो गीतलाई दर्शक र श्रोता ले मन पराउनेमा ढुक्क छन् ।

पछिल्लो समय आफ्नो वोजन घटाएर फिटनेस भएका मोडल दुर्गेश थापा यो गीत बाट डान्स र फित नेश मा फित देखिएका छन् त्यस्तै मोडल हारिशा पनि नयाँ म्युजिक भिडियो पाउने र फिल्मी दुनियामा समेत फित हुन सक्ने सम्भावन यो गीत मार्फत देखाएकी छिन । यो सबै को क्यामेस्ट्रि मिलाएर वसन्त थापा नयाँ गीत मार्फत बजारमा पिरतीको डोरी कस्दै आएका छन् उनी अहिले नेपाली साङ्गीतिक अलग सम्भावना भएका गायक एवम् सङ्गीतकार मानिन्छन ल हेर्नुस उनको यो म्युजिक भिडियो