१७ वर्षीया युवतीलाई भारतको बेश्यालयमा बेच्ने युवक पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

१७ वर्षीया युवतीलाई भारतको बेश्यालयमा बेच्ने युवक पक्राउ



चरीकोट :

१७ वर्षीया युवतीलाई एक लाख ३५ हजार भारुमा बेच्ने युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर काठमाण्डौमा राम्रोसँग राख्ने भन्दै दुई वर्षअघि भारतको बेश्यालयमा बेच्ने मुख्य गिरोह पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट खरानीटार ५ घर भएका २१ वर्षीय निरकुमार नेपाली रहेको जनाइएको छ । पक्राउ परेका नेपालीलाई शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ परेका नेपालीले ०७२ साउन ३ गते दोलखाको बैतेश्वर गाउँपालिका ६ नाम्दु निवासी वर्ष १७ की रिमा (नाम) परिवर्तनलाई बिहे गरेर राजधानी लगेका थिए ।

राजधानी लगेको भोलिपल्टै रिमालाई कलंकीबाट माईक्रो बसमा चढाएर नेपालगंज पुर्र्याएको र बेहोस हुने औषधी खुवाएर त्यहाँबाट भारतीय गाडीमा राखेर नयाँदिल्ली पुर्र्याएको र विक्री गरेको प्रहरी सामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

नयाँदिल्लीमा रहेकी नेपाली भाषी लक्ष्मी तामाङलाई एक लाख ३५ हजार भारतीय रुपैयामा बिक्री गरेको समेत बयानको क्रममा स्वीकार गरेको प्रहरीको भनाइ छ ।

कोठीमा बेचिएकी रिमाले कोठीमै आउने एक भारतीय युवालाई आफ्नो प्रेममा पार्न सफल भएकी थिइन । त्यही भारतीय युवाको सहारामा रिमा कोठीबाट बाहिर निस्किएर प्रहरी सामु गएकी थिइन । प्रहरीकोमा पुगेकी नेपालीको उमेर १८ वर्ष नपुगेको कारण केही समय उनलाई नेपाली राजदूतावासमा राखिएको थियो ।

२०७३ जेठ २० गते रिमा बेचिएको खबर आफ्न्तले थाहा पाएपछि बेचविखनमा संलग्न भएका निरकुमार र उनका भाउजू सिता नेपालीको नाममा रितपूर्वक जाहेरी दर्ता गराएका थिए । आफ्न्तको जाहेरीको आधारमा सिता नेपालीलाई तत्कालै पक्राउ गरेको र पूर्वपक्षको लागि रामेछापको कारागारमा राखिएको प्रहरीले जनाएको छ ।

रिमालाई निरकुमारकी भाउजू रिमाको दिदी सिताले ललाइफकाइ गरी काठमाडौसम्म लगी दिएका थिए । अनुसन्धानको क्रममा सिता पनि मानव बेचविखनमा सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ । बेचविखनमा संलग्न सिता पक्राउ परेपनि मुख्य अभियुक्त निरकुमार भने फरार रहेका थिए । फरार रहेका निरकुमार राजधानीमा लुकीछिपी बसेको खबर प्राप्त भएपछि प्रहरीले खोजबिन गरेको थियो । खोजबिनको क्रममा शुक्रवार पक्राउ गरी चरीकोटमा ल्याएर सार्वजनिक गरिएको प्रनाउ कार्कीले बताए ।

पक्राउ परेका निरकुमारले यसअघि आफ्नै जेठी श्रीमतीलाई पनि गाउँको काका नाता पर्ने दुई जनाको सहयोगमा दिल्लीमा लगी बेश्यालयमा बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको जनाएको छ । निरकुमारका बारेमा थप अनुसन्धान भइरहेको र केही दिनभित्रै अदालतमा पठाउने प्रहरीले बताएको छ ।