कीर्तिमानी भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कीर्तिमानी भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिए



एजेन्सी- कीर्तिमानी भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिएका छन् । गतवर्ष मात्रै सन्यास घोषणा गरेका उनले फिर्ता लिने निर्णय गरेका हुन् ।

युवराज सिंहलाई पञ्जाब क्रिकेट संघ (पीसीए)ले सन्यास फिर्ता लिन आग्रह गरेको थियो । उक्त आग्रहपछि सिंहले सन्यास फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

सिंहले गत बर्ष जुनमा क्रिकेटका सबै खाले प्रतियोगिताबाट सन्यासको घोषणा गरेका थिए ।

पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए ।

सचिव बालीका अनुसार सिंहले सन्यास फिर्ताबारे बीसीसीआईका अध्यक्ष सौरव गांगुलीलाई पनि पत्र लेखेका छन् ।