अर्घाखाँचीमा दुई भाई एउटै पदमा उम्मेदवार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अर्घाखाँचीमा दुई भाई एउटै पदमा उम्मेदवार



घनश्याम पौडेल/सन्धिखर्क, २०  जेष्ठ

दुई भाई फरकफरक पार्टीबाट अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीबाट उम्मेदवार बनेका छन । दुवैलाई वडा सदस्यमा कांग्रेस र एमालेले उम्मेदवारी बनाएको छ ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनिति गरेका अनुप कुमार महत्रालाई कांग्रेसले वडा सदस्यमा उम्मेदवार बनाएको छ । अनुप नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको गाविस सचिव, उपाध्यक्ष हुदै नेपाली कांग्रेस अडगुरीको कोषाध्यक्ष हुदै उपाध्यक्ष पदमा बसी करिब ३० वर्ष नेपाली कांग्रेसको राजनिति गरेको नेपाली कांग्रेस अड्गुरीका सभापती फर्सबहादुर श्रेष्ठले जानकारी दिए । अहिले उनी नेपाली कांग्रेस जिल्ला कार्य समितीको प्रचारप्रसार विभागको सदस्यमा पनी छन ।

अहिले उनलाई नेपाली कांग्रेस अडगुरीले वडा सदस्यमा उम्मेदवारी बनाएको छ, अनुप लोकप्रिय नेता भएको स्थानियले बताए ।
त्यस्तै नेकपा एमालेले पदमबहादुर महत्रालाई वडा सदस्यको उम्मेदवारी बनाएको छ । अनुप र पदम दुईभाईका छोरा दुई भाई हुन । पदमबहादुर महत्रा लामो समय नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको महाधिवेशन प्रतिनिधी हुदै नेपाली कांग्रेसको राजनिती गरेका थिए । पदम २०६९ साल चैत्रमा कांग्रेसबाट असन्तुष्ट भई एमालेमा प्रवेश गरेका थिए । पार्टी भन्दा पनी व्यक्तीका कारणले पार्टी छोडेको बताए । अहिले उनी एमाले अडगुरीको खुल्ला सदस्य पदमा चुनावी मैदानमा छन ।

लामो समय दुई भाईले एउटै पार्टीमा बसी राजनिति गरेका अनुप महत्रा र पदम महत्रा अहिले फरकफरक पार्टीबाट सदस्य पदमा चुनावी मैदानमा छन ।