अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माक्स वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माक्स वितरण



कैलाली – ‘विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । आज अगस्ट १२ तारिखका दिन नेपाल लगायत अन्य ठाउँमा विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

यसै क्रममा कैलालीको घोडाघोडी नगरपालिकामा पनि
घोडाघोडी नगर युवा संजाल र सुदुरपश्चिम युवा जागरण मञ्चको संयुक्त आयोजनामा कोरोना भाईरस न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सुखडमा भएको अन्तरक्रिया कार्यक्रममा युवाका समस्याका सवाल र कोरोना भाईरस न्यूनीकरण सम्बन्धि बिशेष छलफल गरिएको थियो । अन्तरक्रिया पश्चात् युवाहरुले सुखड,पहलमानपुर र साढेपानी बजारमा माक्स नलगाई हिड्ने मानिसहरूलाई करिब २ हजार माक्स वितरण गरेका थिए । घोडघोडी नगरपालिका र घोडाघोडी अस्पतालको सहयोगमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यलय सुखड ,ओरेक नेपाल र प्लान इन्टरनेशनलले समन्वय गरेका थिए ।