रुपन्देहीमा विभिन्न दल निकट युवा नेताहरु स्थानिय तहको निर्वाचनमा आकाक्षी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रुपन्देहीमा विभिन्न दल निकट युवा नेताहरु स्थानिय तहको निर्वाचनमा आकाक्षी



बुटवल ८ चैत ।

स्थानिय तहको निर्वाचनमा नेतृत्व हात पार्न रुपन्देहीमा विभिन्न दल निकट युवा नेताहरु आकाक्षी देखिएका छन । रुपन्देहीमा रहेका एक उपमहानगरपालिका र ५ वटा नगरपालिकामा  नेतृत्व हात पार्न यहा क्रियाशिल दलहरुका युवा नेताहरु लागि  परेका हुन ।

सबैभन्दा बढी चुनावी चर्चा बुटवलको नेतृत्व कसले  हात पार्ने भन्नेमा रहेको छ । यसमा पनि बुटवलको प्रमुख तथा  उपप्रमुखका लागि कसरी पार्टीबाट आफूले टिकट पाउने भन्नेमा  मुख्य दलका स्थानिय नेताहरु दौडधुपमा लागेका छन । कांग्रेस नगरसभापती खेलराज पाण्डे देखि युवा विद्यार्थी नेताहरु पनि त्यो दोडमा रहेका छन् । अखण्ड लुम्विनीको आन्दोलनको नेतृत्व गरेका युवा नेता विष्णु पोखरेल दौडधुपमा लागेका छन ।

उनी नेविसंघको पूर्व जिल्ला अध्यक्ष रहेर विद्यार्थी आन्दोलनमा सक्रिय रहदै आएका थिए ।उनी नेविसंघको हालै सम्पन्न महाधिबेसनमा सहमहामन्त्रीको उम्मेदवार समेत वनेका थिए । त्यस्तै बुटवलको प्रमुखको उम्मेदवारमा कांग्रेसबाट अर्का दोवेदार प्रकाश राना पनि रहेका छन । उनी नेविसंघका हालका उपाध्यक्ष रहेका छन । उनको पनि विद्यार्थी राजनीतिमा राम्रो प्रभाव रहेको छ ।बुटवलमा कांग्रेसबाट मात्र हैन एमालेबाट पनि युवाहरुले नै उम्मेदवारी पाउनुपर्नेमा दावी गर्दै आएका छन ।

युवासंघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ प्रमुखको मुख्य दावेदारका रुपमा देखिएका छन । उनका अलवा एमालेका अन्य युवा नेताहरु पनि लविङमा लागेका छन । पार्टीका जिल्ला नेता गोपाल राना पनि प्रमुखका दावेदारका रुपमा रहेका छन । यता मोओवादी केन्द्रबाट पनि युवा नेताहरु हरि घिमिरे र कृष्ण पोखरेलको दावी छ ।यहाको अर्को नगरपालिका तिलोत्तमामा पनि विभिन्न दलहरुबाट युवाहरुले प्रमुख तथा उपप्रमुखको उम्मेदवार वन्न स्थानिय नेताहरु माथिल्लो तहका नेताहरुसग लविङ गर्न थालेका छन । तिलोत्तमामा कांग्रेसबाट सरद भट्टराई, हरि न्यौपाने । एमालेबाट मोहन चापागाई, यज्ञ गैरेको चर्चा छ ।

सैनामैना नगरपालिकामा को को वन्लान उम्मेदवार भन्ने चर्चा  चल्न थालेको छ । यहा कांग्रेसबाट युवा नेताहरु रामप्रसाद  अधिकारी र कृष्ण पोखरेल चर्चामा रहेका छन । त्यस्तै एमालेबाट  चित्र केसीको चर्चा छ । सैनामैनामा माओवादी केन्द्रबाट युवा  नेताहरु धनवहादुर विक, नारायण न्यौपानेको चर्चा छ । त्यस्तै देवदह नगरपालिकामा नेतृत्व हात पार्न स्थानिय युवा नेताहरु  दौडधुपमा छन । यहा कांग्रेसबाट युवा नेताहरु हिरा वहादुर खत्री र  , बासु, रिमालको चर्चा छ भने एमालेबाट जिल्लाका युवा नेता  सिद्धिचरण भट्टराइको मुख्य दावी छ । भट्टराई पत्रकारितामा पनि  लामो समय अनुभव सगालेका र पार्टीमा सक्रिय रहदै आएका छन ।

देवदहमा माओवादी केन्द्रबाट युवा नेता लेखनाथ न्यौपानेको पनि  चर्चा छ ।जिल्लाको सदरमुकाम रहेको सिद्धार्थनगरपालिकाको प्रमुखमा पनि आंकाक्षीहरु धेरै रहेका छन । यहा मुख्य तीन दलका अतिरिक्त मधेशबादी दल तथा राप्रपाको पनि राम्रो प्रभाव रहेको छ । यहा काग्रेसबाट ओमकुमार श्रेष्ठ, विष्णु थापालगायत युवाहरुको चर्चा छ । यहा माओवादी केन्द्रबाट युवा नेता सन्दिप चापागाईले आफूले उम्मेदवारी पाउनुपर्ने तर्क राख्न थालेका छन ।  यहा युवाहरुका अलवा अन्य उम्मेदवारहरु पनि चर्चामा छन ।

लुम्विनी सास्कृतिक नगरपालिकामा मधेशी दलहरुको बढी प्रभाव  रहेको छ । यस नगरपालिकामा दलहरुले उम्मेदवार छनौट गर्दा  स्थानिय प्रभाव भएको ब्यक्तिलाई बढी प्रथामिकता दिने गर्छन । स्थानिय प्रभाव भएको ब्यक्तिले नेतृत्व हात पार्ने मधेशी वाहुल्य क्षेत्रमा मधेशबादी दलहरु यस चुनावी प्रक्रियामा सामेल हुने अन्योल  कायम रहेको अवस्थामा अन्य दलका स्थानियहरु नेतृत्वका लागि  भित्रभित्रै तयारीमा जुटेका छन । यहा कांग्रेसबाट युवा नेता महम्मद  सहिद मुसलमानको चर्चा छ भने एमाले तथा माओवादी केन्द्रबाट  पनि स्थानिय युवा नेताहरुले अग्रसरता देखाएका छन ।