युुवतीको शंकास्पद मृत्युु, जलाउँदा–जलाउँदैको शव प्रहरीले उठायो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

युुवतीको शंकास्पद मृत्युु, जलाउँदा–जलाउँदैको शव प्रहरीले उठायो



रौतहट, मंसिर १४ । रौतहटको देवाही–गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ ।

देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो ।

शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।
शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।
शव प्रहरीले नियन्त्रणमा लिएपछि घर–परिवारका सबै सदस्य घर छाडेर फरार छन् ।
युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछिमात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ । रासस