अपडेटः धादिङ बस दुर्घटनामा मृतकको सङ्ख्या १९ पुग्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अपडेटः धादिङ बस दुर्घटनामा मृतकको सङ्ख्या १९ पुग्यो



dhading

धादिङको लफाङफेदीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको पछिल्लो जानकारी अनुसार १८ जनाको शव भेटिएको हो । एक जना घाइते महिलाको उपचारको क्रममा काठमाडौं शिक्षण अस्पतालमा ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका १४ जनालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनास्थल पुगेर आएका नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाका अनुसार झण्डै एक हजार जना उद्धारमा खटिएका छन् ।

घटनास्थल छेउका प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पञ्जियारको नेतृत्वमा पनि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङबेसीबाट किन्ताङफेदीका लागि छुटेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाकको लपाङफेदी गाविसमा दुर्घटना भएको हो ।

सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कँदै गरेका ५० जनाभन्दा बढी यात्रु बोकेको अनुमान गरिएको छ ।

साँघुरोबाटोमा माथीबाट पहिरो झरेको ठाउँबाट बस पल्टिएर झण्डै २ सय मिटर तल आँखु खोला नजिकै पुगेको छ ।