ग्यास सिलिन्डर विस्फोट भएमा पीडितलाई एक करोड क्षतिपूर्ति - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ग्यास सिलिन्डर विस्फोट भएमा पीडितलाई एक करोड क्षतिपूर्ति



३१ भदौ, काठमाडौं ।  खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।

एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको अाजको अन्नपूर्णमा समाचार छ ।

ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।

‘अहिले हामीले मुलुकभरी एकरूपता ल्याउने गरी एउटा मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौ,’ संघका अध्यक्ष शिव घिमिरेले भने, ‘मापदण्ड भदौ १ गतेबाट लागू गरिसकेका छौं । अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारका समान रूपमा क्षतिपूर्ति प्राप्त गर्नेछन् ।