दिपकुमारलाई फेरि राजदूत बनाएर भारत पठाउने निर्णयपछि एमालेको यस्तो प्रतिक्रिया - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दिपकुमारलाई फेरि राजदूत बनाएर भारत पठाउने निर्णयपछि एमालेको यस्तो प्रतिक्रिया



काठमाण्डु, २१ भदौ । नेकपा एमालेले आफ्नो नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलएका तत्कालीन भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फेरि सोही ठाउँमा फिर्ता पठाउने प्रचण्ड नेतृत्वको सरकारको निर्णयमाथि असहमति जनाएको छ ।

मंगलबार भएको संसदीय सुनुवाई विशेष समितिको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सो निर्णयप्रति असहमति जनाएका हुन् ।

बैठकमा सो निर्णय विरुद्ध उनले असहमति दर्ज समेत गरेका छन् ।

राजदूत राष्ट्रको प्रतिनिधि भएको बताउँदै सचेतक ढकालले माओवादीसमेत सहभागी सरकारले गरेको निर्णयलाई फेरि आफ्नो नेतृत्वको सरकारले सोही स्थानमा फर्काउनु अनैतिक काम भएको समेत बताए । उनले एउटै व्यक्तिलाई एक पटक फिर्ता बोलाएर फेरि त्यही ठाउँमा पठाउँदा गलत परम्परा बस्ने भन्दै त्यसको खुलेरै विरोध गरे ।