धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने



भदौ १, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनलाई आफ्नो पहिलो महिनाको तलव दिने घोषणा गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भूकम्पपछि राहत, उद्धार तथा पुननिर्माणकार्यमा धुर्मुस सुन्तली फाउण्डेसनले चलाएको अभियान निकै प्रशंसनीय रहेको भन्दै आफ्नो पहिलो महिनाको तलब सहयोग दिने बताएको सिताराम कट्टेल ‘धुर्मुस’ले खबरवाणीलाई बताए ।

भेटमा प्रधानमन्त्रीले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना वस्तीलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई अगाडि बनाउनेपर्ने बताएका थिए ।

भेटमा धुर्मुस सुन्तलीले आफूहरुलाई सरकारलाई दूत नियुक्ति गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका पर्याप्त अधिकार नभएको गुनासो गरे ।

source:khabarbani