महराले दिए चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

महराले दिए चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो



३२ साउन, काठमाडौं । प्रधानमन्त्रीको विशेष दूत बसेर बेइजिङ पुगेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँग भेट गरेका छन् ।

मंगलबार विहान भएको भेटमा नेपाल-चीन सम्वन्धबारे कुराकानी भएको छ ।

भेटमा विशेष दूत महराले चीनसँग भएको सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै उनले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डले आफ्नो समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो पत्र हस्तान्तरण गरेका छन् ।

भेटमा चिनियाँ विदेशमन्त्रीले सरकार परिर्वतन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । तर, उनले नेपालमा स्थिरता होस् भन्ने चीनको चाहना रहेको बताएका छन् ।

पढ्नुहोस् बेइजिङस्थित नेपाली दूतावासले निकालेको विज्ञप्तिPress-Relese-of-Chinese-Embassy