सप्तरीको रामपुर मलहनिया –६ मा आगलागी,आठ घरजलेर नष्ट - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सप्तरीको रामपुर मलहनिया –६ मा आगलागी,आठ घरजलेर नष्ट



३१ भदौ, सप्तरी । सप्तरीको रामपुर मलहनिया –६ मा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आगलागीवाट रु १० लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ .।

स्थानीय सुफलाल यादवको गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगोले उनको एउटा घरसहित छिमेकी भूपेन्द्र यादव, जुद्धलाल यादव, प्रकाश यादव, विनोद यादव, हरी नारायण यादव, खटर यादव र मधुनारायण यादवको एक÷एक गरी आठवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, अन्नपात, लताकपडा नगद जिन्सी गरी रु १० लाख लाखभन्दा बढीको क्षति भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

स्थानीयवासीको सहयोगमा प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।