देशमा ‘सिष्टम’ बसाल्छुः प्रधानमन्त्री - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देशमा ‘सिष्टम’ बसाल्छुः प्रधानमन्त्री



७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतिको सामना गर्ने संकल्पसहित आएको बताए ।

उनले संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा ‘सिष्टम’ बसाल्ने बताए ।

भेटमा सामाजिक अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा उत्पीडितहरुले पहिचार र अधिकारको प्रत्याभूति हुने विश्वास व्यक्त गरेका थिए ।

source:onlinekhabar