कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित, परीक्षामा ७९ दशमलव २७ प्रतिशत उत्तीर्ण - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित, परीक्षामा ७९ दशमलव २७ प्रतिशत उत्तीर्ण



भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ७९ दशमलव २७ प्रतिशत अर्थात् २५ हजार ८ सय ६९ परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षाको नतिजा एडुखबरमार्फत थाहा पाउन सक्नु हुनेछ ।

बोर्डले परीक्षा भएको २० औं दिनमा नतिजा सार्वजनिक गरेको हो । गत कात्तिक ६ गते भएको मौका परीक्षामा ३२ हजार ६ सय ३६ परीक्षार्थीहरुको सहभागिता रहेको बोर्डले जनाएको छ । परीक्षा सञ्चालनका लागि बोर्डले देशभर ८७ परीक्षा केन्द्र निर्धारण गरेको थियो । बोर्डले विद्यार्थीको नियमित पढाइलाई असर नपर्ने गरी परीक्षाफल प्रकाशन गरेको जनाएको छ ।
नियमिततर्फको एक विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरु मौका परीक्षामा समावेश हुन पाउने व्यवस्था छ । बोर्डले गत भदौ २७ गत्ते नियमिततर्फको परीक्षाफल प्रकाशनl गरेको थियो ।

परीक्षाफलबाट चित्त नबुझेका परीक्षार्थीले १५ दिनभित्र पूनर्योग गराउन सक्ने पनि बोर्डले जनाएको छ । त्यसको लागि १५ दिनभित्र बोर्डमा आएर आवेदन दिनसक्नेछ ।