के के छापे प्रमुख राष्ट्रिय दैनिक पत्रीकाले आज - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के के छापे प्रमुख राष्ट्रिय दैनिक पत्रीकाले आज



हिमाल्पोष्ट/काठमाडौं, २१ माघ

शुक्रबार काठमाडौंबाट प्रकाशित नेपाली दैनिक पत्रपत्रिकाहरुमा सरकारले निर्वाचन थाल्नको लागि आयोगलाई निर्देशन दिएको समाचारलाई सबैले प्राथमिकतामा राखेको पाइयो

नागरिक दैनिकले आगामी बर्खाअघि चुनाव टर्दै गएको भनेर विश्लेषण फ्रन्टमा छापेको छ ।

कान्तिपुर दैनिकले स्थीरताका लागि ३ प्रतिशत थ्रेसहोल्ड शीर्षकको समाचारलाई पहिलोपेजमा छापेको छ ।

नयाँ पत्रिकाले विद्यार्थी नेता उमेर हदका कारण स्ववियु उम्मेदवार बन्न नपाउने समाचारलाई प्रथमपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्टले राज्यद्रोह मुद्दामा सिके राउत पक्राउ परेको समाचार छापेको छ।

राजधानीलेे ११ वर्षपछि खिम्ती ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएको समाचार छापेको छ ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विखण्डनकारी गतिविधिप्रति सरकार कडा हुने बताएको समाचार र राष्ट्रपतिबाट निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रमाणीकरण भएको समाचार छापेको छ ।