लुधियानाको साँस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक राजु परियार आउदै - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

लुधियानाको साँस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक राजु परियार आउदै



अर्जुन खनाल /नया दिल्ली

नेपाली सस्कृतिलाई जगाई राख्ने उदेश्य सहित यहि आउदो २५ तारिक का दिन भारतको लुधियानामा भब्य ” नेपाली तिजी लोक सास्कृतिक कार्यक्रम ” हुदै छ जसमा नेपालका ख्यातिप्राप्त लोक दोहोरी गयक  राजु परियार पनि आउदैछन्।

14081236_10209423119230547_467985121_n “न्यु सागर एण्ड सगरमाथा ” को  दोस्रो प्रस्तुति रहेको उक्त कार्यक्रममा नेपालबाट लोकदोहोरी गायक  राजु परियार, गायिका सपना गाहा ,  दिपक गरौजा , गायिका सिता राना ,गायिका बन्दना पाण्डे र हास्यकलाकार उज्जवल गिरि आउने भएका छन्।

सो  सस्थाले विशेष गरी  पन्जाब तथा हरियाणा का पर्यटकलाई नेपाल भित्राउने काम गरेको छ। साथै प्रवासमा रहेका  नेपालीलाई आई पर्ने कुनै पनि समस्याहरु मा हातेमालो गर्ने गरेको सस्थाका सदस्य ओम प्रकाशले हिमाल पोस्टलाइ जानाकारी गराएका थिए ।

कार्यक्रमको सम्पूर्ण तयारि  भएको र लुधियाना स्तिथ प्रवासी नेपालीहरुको अत्यान्तै उत्साहजनक सहयोग र समर्थन मिलेको हुनाले आगामी कार्यक्रम गर्नलाई थप् उत्साह मिलेको कार्यक्रमका सम्योजक राम बहादुर के सी बताउछन ।

कार्यक्रमको आयोजना लुधियानाको बालभावन सेक्टर २३मा दिपक जिसीको संचालनमा  हुने छ ।