स्वास्थ्य मन्त्रीका १० निर्देशन कान्ति अस्पताललाई - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

स्वास्थ्य मन्त्रीका १० निर्देशन कान्ति अस्पताललाई



काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री गगन थापाले कान्ति बाल अस्पतालको निरीक्षण गरेका छन्। मंगलबार बिहान महाराजगन्ज पुगेर मन्त्री थापाले अस्पतालको निरीक्षण गरे। निरीक्षणका गर्दै थापाले अस्पतालको सेवामा सुधार ल्याउन १० बुँदे निर्देशन पनि दिएका छन्।

अस्पतालमा आईसीयू सेवा विस्तारको काम अघि बढाउन निर्देशन दिँदै मन्त्री थापाले उक्त अस्पतालमा उपचारका लागि अाउने बिरामी अन्य अस्पतालमा किन रेफर गरिएको हो भन्दै स्पस्टिकरण मागे। उनले अस्पतालमा अाएका बिरामी किन, कसरी र को फर्कियो भन्ने विषयमा रेकर्ड राखेर तीन महिनाभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दियका छन ।

कान्ति बाल अस्पताल उपचारका लागि आउने विरामी उपचार नपाएर फर्किने गरेको गुनासो बढिरहेका बेला मन्त्री थापाले अस्पताललाई यस्तो निर्देशन दिए। अस्पतालको सरसफाइ व्यवस्थापन गर्न समेत निर्देशन दिए। बिरामीलाई सेवा दिन कन्जुस्याइँ नगर्न आग्रह गर्दै थापाले जनशक्ति अपुग भए थप गर्नका लागि खाका तयार पारेर आफूलाई पठाउन भनेका थिए। मन्त्री थापाले बिरामीका लागि सूचना दिन सूचना डेक्स तत्काल स्थापना गर्न समेत निर्देशन दिए। उनले भने,‘बिरामीलाई कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुन सक्छ। त्यसैले बिरामीलाई सूचना दिन तत्काल सूचना डेक्स स्थापना गर्नुस्।’

मन्त्री थापाले अनुगमनपछि अस्पतालका समस्या र त्यसको समाधानबारे अस्पतालका निर्देशक, विशेषज्ञ चिकित्सक तथा कर्मचारीसँग छलफल गरेका थिए। छलफलका क्रममा अस्पतालका चिकित्सकहरुले अस्पतालभित्र रहेका समस्याबारे मन्त्री थापासँग गुनासो पोखेका थिए। मन्त्री थापाले अस्पतालमा भर्ना भएका केहि बिरामीहरुसँग भलाकुसारी पनि गरे ।