सीमाबारे नेपालले चालेको कदमको परिणाम खतरा हुनसक्ने आदित्यनाथको धम्की - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सीमाबारे नेपालले चालेको कदमको परिणाम खतरा हुनसक्ने आदित्यनाथको धम्की



काठमाडौं – भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री आदित्यनाथले नेपालले राजनैतिक सीमा तय गर्नुभन्दा पहिले परिणामबारे सोच्नुपर्ने धम्की दिएका छन् ।

नेपालसंग सीमा जोडिएको उत्तरप्रदेशका मुख्यमन्त्री योगीले नेपाल र भारतवीच सीमा क्षेत्रमा तनाव वढिरहेको बेला छिमेकी देशलाई चेतावनी दिएको नवभारत टाईम्सले जनाएको छ । उनले तिब्बतको हश्रबारे नेपाललाई सोच्न समेत चेतवानी दिएका छन् ।

गोरक्षपीठका महन्त समेत रहेका योगीले नेपालसंग भारतको सदियौं पुरानो सांस्कृतिका सम्बन्ध रहेको भन्दै नेपाल भारत दुई देश भएपनि आत्मा एउटै भएको टिप्पणी गरे । उनले भने ‘हामीबीच सदिंयौ वर्ष पुरानो सांस्कृतिक सम्बन्ध छ, जो सम्बन्ध सीमाको बन्धनले मात्र तय गर्दैन् । नेपाल सरकारले दुवै देशको सम्बन्धको आधारमा मात्र फैसला गर्नुपर्छ ।’

उनले नेपालले यसलाई ख्याल नगरे तिब्बतका हश्रको याद राख्नुपर्ने चेतावनी समेत दिएका छन् । भारतले नेपालको भूमि हुंदै सड्क निर्माण गरेपछि नेपालले कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र आफ्नो भुभाग भएको भन्दै नयां राजनीतिक नक्शा जारी गरेको छ ।

अहिले संविधान संशोधनको लागी यो प्रस्ताव संसदमा पेश भएको छ । संविधान संशोधनबारे नेपालमा सवै दलहरुबीच एकता समेत छ ।