कपिलवस्तुमा भीषण आगलागी: पुरै गाउँका घर जले - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कपिलवस्तुमा भीषण आगलागी: पुरै गाउँका घर जले



कपिलवस्तु- कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ ।

जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भर्खरै आएर आगो निभाउने प्रयास भैरहेको छ । लहरै घरमा आगलागी भएको छ । ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ।

एकिन विवरण भने तयार पार्न सकिएको छैन् । अहिलेसम्म मानवीय क्षति भएको छैन ।

घटनाको बाँकी विवरण आउन बाँकी छ ।