आइतबारदेखि नयाँ स्थानीय संरचनाः गाविस, नगरपलिका र जिविस बिगठन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आइतबारदेखि नयाँ स्थानीय संरचनाः गाविस, नगरपलिका र जिविस बिगठन



काठमाडौं, २७ फागुन ।

नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ ।

सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् ।

नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुनेछन् ।

संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रीपरिषद्बाट पारित स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा रहेको बताएका छन् । खबर आजको नागरिक दैनिकले छापेको छ ।