थुनामै आलमले अर्को नरसंहारको योजना बनाएको शंका - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

थुनामै आलमले अर्को नरसंहारको योजना बनाएको शंका



काठमाडौं- बम विस्फोटका घाइतेलाई ज्युँदै इटाभट्टामा जलाएर हत्या गरेको प्रकरणमा जेल चलान भएका काँग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई रातारात काठमाडौं ल्याइएको छ ।

उनलाई स्थानीय जेलमा राख्दा विभिन्न खाले सुरक्षाको चुनौती भएकोले काठमाडौं ल्याइएको छ । त्यतिमात्र होइन पछिल्लो समय अनुसन्धानको लागि थुनामा राख्दा पनि उनका गतिबिधि संकास्पद देखिएको बताइएको छ ।

स्रोतका अनुसार उनले अर्को ठुलो घटनाको योजना बनाउन खोजेको देखिएपछि उनलाई त्याहाँ नराख्ने गरी योजना बनाइएको हो । आलमले चलाएको साम्राज्य उनि जेल गएसंगै सकिएपनि त्यहाँ उनको प्रभाव भने कम भएको छैन ।

रौतहटमा राख्दा आलमले पैसाको आडमा आपराधिक समूह परिचालन गरी शान्ति सुरक्षामा खलल पार्न सक्ने देखिएपछि उनलाई गएराति काठमाडौं ल्याइएको हो ।

थुनछेक बहस सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई कारागारमा राखेर घटनाको थप अनुसन्धान गर्न शुक्रबार आदेश दिएको थियो ।

२०६४ साल चैत २७ गते निर्वाचन प्रभावित पार्न आफैंले खटाएका मानिसहरु बम बनाइरहेका बेला विस्फोटमा परेर घाइते भएपछि आलमले २३ जनालाई जिउँदै इटाभट्टामा जलाएर मारेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रौतहले हदैसम्मको कारबाही माग गर्दै उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो ।

अहिले आलमलाई नख्खु कारागारमा राखिएको छ ।