मर्मस्पर्शी लोक गीत “आमा ” सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मर्मस्पर्शी लोक गीत “आमा ” सार्वजनिक ( भिडियो सहित)



 

समीर प्रकाश पाण्डे

लोक गीत भनेपछी कसको मन छुदैन होला त्यस्तै निकै मार्मिक र मौलिक भाकामा परदेशिएका नेपालीहरूले भोग्नु परेको पिडा समेटिएको परदेशी छोराहरू र आमाको अाखाँ रसाउने मर्मस्पर्शी लोक गीत “आमा” सार्वजनिक भएको छ ।

मृत्यु सङ्ग सकिन लडेर,
आखिर आए बाकसमा सडेर
मन बुझाउ हई आमा, बाकस भित्र म छु
खोली हेर्नु आमा, डाको छोडी नरुनु हई,
तिम्रो आशु म बुझ्न सक्दिन ।।
यस्तै निकै मार्मिक सानु गुरुङ “बारपाको ”को शब्द/ सङ्गीत / स्वरमा रहेको गीतको म्युजिक भिडियो पनि मन छुने बनेको छ । भिडियोमा आमाको भूमिकामा रश्मि भट्ट र छोराको भूमिकामा सन्देश शर्मालाई देख्न सकिन्छ भने विक्रम चैहानले भिडियो निर्देशन गरेका छन् यस्तै बासु बरालको छायाङ्कनमा मिलन बि.कको सम्पादन रहेको छ ।

गीतलाई संगम डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।