आर्थिक संकटकाल घोषणा गर्न दवाव - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आर्थिक संकटकाल घोषणा गर्न दवाव



काठमाडौं- कोरोना भाइरस संक्रमणले अर्थव्यवस्था संकटोन्मुख भएको भन्दै व्यवसायीले आर्थिक संकटकाल घोषणा गर्न माग गरेका छन्।

अर्थ मन्त्रालयले कोरोनो प्रभाव अध्ययन गर्न आइतबार निजी क्षेत्रका व्यवसायीसँग गरेको छलफलमा उनीहरूले भने, ‘अर्थतन्त्र जोगाउने सबै उपाय अपनाउनुपर्‍यो।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खाद्यान्न तथा अत्यावश्यक वस्तुको आयात र भण्डारण बढाउन, प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन संकटकाल लगाउनुपर्ने धारणा राखे।

‘अन्तर्राष्ट्रिय रूपमा हेर्दा यो महामारीको प्रभाव ६ देखि ८ महिनासम्म पर्ने देखिन्छ’, गोल्छाले भने, ‘त्यति लामो समयसम्म यसको प्रभाव लम्बियो भने हाम्रो अर्थतन्त्र नै चौपट हुन्छ।’

अन्नपूर्ण पोस्टका अनुसार जनस्वास्थ्य, श्रम सुरक्षा र साना उद्यम संरक्षणका लागि थुप्रै मुलुकले अर्बौं डलरका आर्थिक सहायता योजना घोषणा गर्न थालेपछि नेपाली व्यवसायीले पनि त्यस्तै कदम चाल्न सरकारसँग माग गरेका हुन्।

धेरै मुलुकले सीमा बन्द गर्ने क्रम सुरु गरेको र पश्चिमी मुलुकमा संकटकाल घोषणा गर्न थालिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएको छ ।