आजको पत्रपत्रिकामा आर्थिक समाचार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आजको पत्रपत्रिकामा आर्थिक समाचार



हिमाल पोष्ट / ९ मंसिर, काठमाडौं । राजधानीबाट प्रकाशित हुने आर्थिक पत्रपत्रिका र अन्य पत्रपत्रिकाका आर्थिक पृष्ठमा योगगुरु रामदेवलै एक अर्ब लगानी गर्ने समाचारले प्राथमिकता पाएको छ ।

 आर्थिक अभियान दैनिकमा नेपालमा १६ अर्व लागनी गर्दै पतञ्जलि शीर्षको समाचार प्रमुखताका साथ प्रकाशन भएको छ । त्यस्तै वैकल्पिक विद्युत खरीद गर्न खोज्दै प्राधिरण र लघु जलविद्युत व्वसायीको तेस्रो सम्मेलन सुरु भएको समाचार प्राथमिकताका साथ प्रकाशन भएको छ ।

आजको अन्नपूर्णको अर्थिक पृष्ठमा वैकल्पि उर्जाको माग घट्यो शीर्षकको समाचारलाई मुख्य बनाइएको छ । एक खर्ब लगनी गर्ने रामदेवको घोषणा शीर्षकको समाचार अन्नपूर्णमा प्रकाशित छ ।

आजको कारोबार दैनिकले समस्याग्रस्त वित्तीय संस्था नयाँ लगानीकर्तालाई शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । लघुवित्तका साढे चार लाख सदस्य थपिए, हेटौंडा कपडा उद्योगलाई प्रतिस्पर्धी बनाइने शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन भएका छन् ।
त्यस्तै किरण आर्चाको बाइलाइनमा मागको ८ प्रतिशतमात्रै कफी उत्पादन शीर्षकमा समाचार छ ।

नागरिक दैनिकको आर्थिक पातोमा भूकम्प पीडितलाई साढे २१ अर्ब अनुदान वितरण र भारु साट्न भारत सकारात्मक शीर्षकमा दुईमुख्य समाचार प्रकाशन गरेको छ । गोरखा सामागाउँमा सिन्डिकेट शीर्षकमा नागरिकले समाचार छापेको छ ।