निर्वाचन आयोगले डाक्यो प्रधानमन्त्री सहित सबै दलका शिर्ष नेता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निर्वाचन आयोगले डाक्यो प्रधानमन्त्री सहित सबै दलका शिर्ष नेता



निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ ।

आयोगले पार्टीका पदाधिकारीहरूलाई आचारसंहिताबारे छलफलका लागि बोलाएको हो ।

छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको बताइएको छ । तर प्रधानमन्त्री छलफलमा सहभागी हुने/नहुने टुङ्गो लागिसकेको छैन ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको हो ।