१० अर्ब मागेको आयोगलाई अर्थले पाँच अर्ब दियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

१० अर्ब मागेको आयोगलाई अर्थले पाँच अर्ब दियो



असोज १, काठामाडौं-

अर्थ मन्त्रालयले आगामी मंसीरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव गराउन निर्वाचन आयोगलाई पाँच अर्ब रुपैयाँ बजेट दिएको छ ।

सरकारले प्रतिनिधि सभार प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेको छ ।

निर्वाचन सम्पन्न गराउन आयोगले १० अर्ब ५३ करोड बजेट माग गरेको थियो ।

त्यसमध्ये अर्थ मन्त्रालयले पहिलोपटक पाँच अर्ब रुपैयाँ नकासा दिएको खबर आजको नागरिकमा छ ।