नेपालमा अब ७७ जिल्ला ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालमा अब ७७ जिल्ला !



 

काठमाडौं ।

अब नेपालमा ७७ जिल्ला कायम हुने भएका छन् । रुकुम र नवलपरासी जिल्ला टुक्रिएर ४ जिल्ला बन्दा यस्तो हुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नं. ४ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं. ५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई जिल्ला कायम भएको तथा प्रदेश नं. ५ मा पर्ने रुकुम (पूर्वी भाग) र प्रदेश नं. ६ मा रहने रुकुम (पश्चिम भाग) गरी दुई जिल्ला कायम गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै २ जिल्ला थपिँदै देशभर ७७ जिल्ला कार्यान्वयनमा आउने भएका छन् ।

निर्वाचन आयोगले यसअघि स्पष्ट हुन नसकेको ती ४ जिल्लाको जिल्लासभा गठनका लागि जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।