प्रचण्ड हराउन गएका अब्दुस मियाँको झन्डै जमानत जफत - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रचण्ड हराउन गएका अब्दुस मियाँको झन्डै जमानत जफत



गोरखा- गोरखा २ मा नेकपा एमालेका अब्दुस मियाँ जमानत जफत हुनबाट जोगिएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जित्ने दाबी गरेका मियाँले सानो अन्तरले जमानत जोगाएका छन् ।

यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी भएका छन्। ​विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय ३ मत पाएर विजयी भएका छन्। प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्।

तरएमालेका अब्दुस मियालाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले समेत उछिने । उनले १२ हजार ६ सय २६ ल्याउँदा नेकपा एमालेका अब्दुसले जम्मा ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन्।

गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

खसेको मतको १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत हुने नियम छ । अब्दुस मियाँले १० प्रतिशत भन्दा थोरै मत बढी ल्याएका छन् । यससँगै उनको जन्मानत जोगिएको छ ।