जताततै आरसंहिता उल्लघन, भोजमा मोज गर्दै दलहरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जताततै आरसंहिता उल्लघन, भोजमा मोज गर्दै दलहरु



भदौ १९, काठमाडौं-

तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् ।
चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ ।

राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिकाए छन् ।

उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट सभा भोज गरिरहेका छन् ।

एउटा दलको उम्मेदवराले भणडरा गरेको भोलिपल्टै अर्को दलको उम्मेदवारले भण्डारा मतदाता आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छन् ।

एउटा दलका उम्मेदवारले भण्डारामा कुखुराको मासु खुवाउँदा अर्को दलका उम्मेवरा उनलाई उछिन्दै खसीको मासुको भण्डारा गर्छन्, लाहान नगरपाकिला ११ भोटियाटोलका एक ब्यापारीले भने, यहाँ दैनिकजसो मासुभातको भोज चलिरहेको छ ।

उममेदवार चुनावी प्रचारमा अयाो कि मासुसहितको भण्डारा छ भन्ने बुझ्छन्  यहाँका जनता । भोजमा बच्चादेखि बुद्धाबुद्धासम्म सहभागी हुने उनले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।