एमाले सचिव भिम आचार्यको प्रस्ताव: पहिलो पुस्ताका नेताले विश्राम लिनुहोस् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमाले सचिव भिम आचार्यको प्रस्ताव: पहिलो पुस्ताका नेताले विश्राम लिनुहोस्



काठमाडौं- नेकपा एमालेका सचिव भिम प्रसाद आचार्यले पार्टी एकता गर्नका लागि नयन प्रस्ताव ल्याएका छन् । आचार्यले केपी एकताका लागि ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, अमृत बोहोराले विश्राम लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने समय आएको भन्दै बताएका छन् ।

नेता आचार्यले प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
उनले नेकपा (एमाले) पार्टी एकता गम्भीर संकटमा परेको भन्दै देशकै प्रमुख पार्टीभित्रको विवाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धिहरु शंकटमा परेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था श्रृजना भएकाले पार्टीलाई एकतावद्ध बनाउँदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धिहरुको रक्षा गर्नका लागि पनि प्रथम पुस्ताका नेताहरुले विश्राम लिनुपर्नेमा जोड दिए ।

उनले २०७७फागुन २३को अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरि महाधिवेशनले निर्वाचित गरेको केन्द्रिय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्नुपर्ने बताए ।

नेताहरुले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टी लाई एकतावद्ध बनाउदै परिवर्तन कारी शक्ति को रुपमा अगाडी बढाउन ओली, नेपाल,खनाल, गौतम र बोहोरालाई आग्रह गरे । पार्टीलाई सामुहिक नेतृत्व,नीतिको मार्गदर्शन र विधिको व्यवस्था अनुरुप संचालन गर्नुपर्नेमा उनको जोड छ ।