एडीलेडमा तिज कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एडीलेडमा तिज कार्यक्रम सम्पन्न



एडीलेड |

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेपाली समाज अस्ट्रेलियाले यहि बुधबार तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । भूगोल बाट टाडा रहेका नेपाली दिदी बहिनिहरुलाई घर र माइतीको न्यास्रो मेटाउन कार्यक्रम आयोजना गरिएको संस्था कि अध्यक्ष सन्तोषी गौतमले बताईन। उनले भनिन ” हामी प्रबासी भुमिमा छौ जब चाड पर्वहरु आउने गर्छन घर परिवार र आफन्तको यादले सताउने गर्छ त्यसैले यसरी दिदी बहिनि जमघट भएर केहि समय भए पनि तिजको आभास गर्न पाउदा मन रमाउने गर्छ । ”

यहाँ रहेका सम्पूर्ण संस्थाहरुको सहकार्यमा क्लोभेली पार्क मेमोरियल कम्युनिटी सेन्टरमा भएको उक्त कार्यक्रम तीजको रौनकता मात्र नभएर नेपालमा गएको बाढी बाट प्रभावितहरुको लागि सहयोग समेत जुटाईको थियो । सो कार्यक्रम बाट संकलन गरिएको करिब ५३५ अस्ट्रेलियन डलर रकम  गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया मार्फत पठाउने एडीलेड नेपाली समाज अस्ट्रेलियाले जनाएको छ । सन् २०१२ देखि निरन्तर रुपमा तिज कार्यक्रम र दिदी बहिनिहरुलाई दर खुवाउदै आएको समाजले तिजको दिन यहाँ रहेको गणेश मन्दिरमा समेत कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौतमले बताईन । कार्यक्रममा यहाँका रहेका नेपाली संस्थाका पदाधिकारी सहित साउथ अस्ट्रेलियन महिला सांसद जिंग लिको समेत उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात हिमाल पोस्टसंग कुरा गर्दै सांसद जिंग लिले महिलाहरुको लागि यस प्रकारका बिशेष पर्वहरुले महिला बीचको शसक्तिकरणलाई अझै टेवा पुग्ने बताईन । उनीले यहाँ हुने नेपाली चाडपर्वहरुमा आफ्नो उपस्थिति जनाउदै आएकी छन् । कार्यक्रममा चेलीबेटीहरुले आफै गीत रचना गरि डाडा पाखा र तिज गाईने मौलिक भाकाहरु समेत प्रस्तुत गरेका थिए।

तस्बिर: Stephen Watts Photography