अग्युरोले पुरा गरे चार सय गोल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अग्युरोले पुरा गरे चार सय गोल



एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी सर्जियो अग्युरोले देश र क्लबका लागि गरी ४ सय गोल पूरा गरेका छन् । आइतबार प्रिमियर लिग अन्तर्गत बर्नेमाउथविरुद्धको खेलमा दुई गोल गरेसँगै उनको फुटबल जीवनको ४ सय गोल पूरा भएको छ ।

योसँगै सर्जियो अग्युरो प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि पहिलो तीन लिग खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनी सन् २०१३ मा एट्लेटिको मड्रिडबाट म्यान्चेस्टर सिटीमा आएका थिए ।

अग्युरोले गरेका ४ सय गोल मध्य २३५ गोल सिटीको लागि रहेको छ । त्यस्तै उनले आफ्नो पूर्व क्लब एट्लेटिकोका लागि १०१ गोल गरेका छन् । उनले फुटबल जीवनको सुरुवात गरेको क्लब इन्डिपेन्डेन्टेबाट २३ गोल गरेका छन् । ३१ वर्षीय स्टार खेलाडी अग्युरोले अर्जेन्टिनाका लागि ४१ गोल गरेका छन् ।