अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आज देखि सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आज देखि सुरु



काठमाडौं, भदौ ७ ।

अाज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय  सम्मेलन शुरु हुँदैछ । दिउँसाे १२ बजे बबरमहलमास्थित कार्की पार्टी प्यालेस पार्टी अध्यक्ष  प्रचण्डले  सम्मेलनकाे उद्घाटन गर्ने कार्याक्रम छ ।

यहि भदौ ११ सम्म जारी रहने सम्मेलनको बन्दसत्र त्रिविको समृति भवनमा हुने क्रान्तिकारीले जनाएको छ । सो संगठनले निर्वाचनलाई मर्यादित र व्यवस्थित गर्न आचारसंहिता समेत जारी गरेको छ ।

‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान,सुदृढ संगठनका लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ हुने सम्मेलनमा २०७६ जना प्रतिनिधि सहभागि हुनेछन् । निर्वाचन सम्पन्न गर्न क्रान्तिकारीले संगठनका पुर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा पुर्व अध्यक्षहरु रत्न ढकाल, सन्तोष विष्ट र विष्णु खनाल रहेको निर्वाचन समिति गठन गरेको अध्यक्ष नरेन्द्र न्योपानेले जनाएका छन् ।

सम्मेलनले ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।