खेलाडीलाई अलमुताइरीले भने, ‘तिमीहरु नभए फरक पर्दैन, अरु ल्याउँछु’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खेलाडीलाई अलमुताइरीले भने, ‘तिमीहरु नभए फरक पर्दैन, अरु ल्याउँछु’



काठमाण्डाै – नेपाली राष्ट्रिय फुटलब टोलीका केही खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा निकै हेपाहा प्रवृत्ति देखाउने गरेको बताएका छन् ।

अलमुताइरीको व्यवहार गतिलो नभएको भन्दै बन्द प्रशिक्षणबाट निस्किएका खेलाडीले आज सामूहिक रुपमा पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षकले जबरजस्ती आफूहरुलाई प्रशिक्षणबाट निस्कन बाध्य बनाएको बताएका हुन् ।

टोलीका खेलाडी रोहित चन्दले होस्टेलमा पानी नभएको र बस्नको लागि उचित वातावरण नै नभएकोले होटलमा सरौँ भन्ने प्रस्ताव राखेकै भरमा अलमुताइरीले चन्दलाई प्रशिक्षणबाट निकालेको र त्यो विषयमा प्रश्न राख्दा आफूहरु सबैलाई निस्कन बाध्य बनाएको उनीहरुको गुनासो छ ।

खेलाडीले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘सोमवार प्रशिक्षण सुरु हुनेबेलामा प्रशिक्षकले हामीलाई आइतवारको घटनाबारे निरास रहेको भन्दै प्रश्न गर्दा सबै टिमले निरास रहेको बतायौँ । उहाँले निरास भए पनि केही फरक नपर्ने बताउँदै अन्य २३ जना खेलाडी ल्याउन सक्ने बताउनुभयो अनि प्रशिक्षण पूरा गरेर समाप्त भयो । भोलिपल्ट मङ्गलवार प्रशिक्षण सकिँदा पनि कसैबाट प्रष्ट जवाफ नआएपछि हामी चेञ्जिङ रुममा प्रशिक्षकसँग रोहितबारे कुरा गर्न चाहन्छौँ भन्यौँ । उहाँले ५ जनाले आफ्नो धारणा राख भन्नुभयाे । सबैको बोल्ने इच्छा भए पनि सिनियरको हिसाबले हामीमध्ये ५ जनाले रोहितको माग जायज रहेको र हामीले भनेर नै रोहितले बोलेको भन्ने आशयको कुरा राख्यौँ हामीले हाम्रो माग रोहितलाई फिर्ता गर्नु नभएको तर अहिले क्याप्टेन रहेकाले उनले उठाएको विषय हामी सबैको हो भन्ने बतायौँ ।’

खेलाडीले निकालेको विज्ञप्ति यस्तो छ :

आदरणीय पत्रकार ज्यू तथा खेलप्रेसी समर्थक ज्युहरु,

हामी खेलाडी अहिलेको समय एसियन कप छनोटको तयारीमा हुनुपर्ने हो । तर बिडम्बना हामी यहाँहर माझ आफ्नी कुरा रास्त्र सार्वजनिक रुपमा प्रस्तुत हुनुपरेको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षण र हामी खेलाडीको नाम और विभिन्न सञ्चारमाध्यममा आएको समाचार र त्यसमा समर्थकहरुको टिका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय टोलीमा भएको घटनालाई अन्तरिक रुपमा नै सुल्झाउने हाम्रो सोच थियो त्यसैले पनि हामीले घटनाबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई जानकारी गराएका थियो । तर समस्या सुझाउनुको सट्टा जिम्मेवार व्यक्तिबाट नै सार्वजनिक मिडियामा हामीविरुद्ध गैरजिम्मेवार प्रतिक्रिया र अनर्गल आरोप लागेको कारण हामी आफ्नो भनाइ राख यहाँ उपस्थित भएका । हामी आफूले जान्नै बुझ्ने उमेर अघिदेखि नै नेपाली फुटबलमा आफ्नो जीवन समर्पित गर्दै आएका छौँ ।

यसक्रममा देश विदेशमा पुगेर विभिन्न प्रशिक्षकको नेतृत्वमा खेलेको अनुभव हामीसँग छ । यसक्रममा टोलीमा रहेका आन्तरिक समस्या कहिल्यै बाहिर आएको छैन । तर पछिल्लो घटनाक्रमले भने हामी खेलाडीको योगदान र जीवनभरको मिहिनेतमा नै समर्थकबाट प्रश्न उठ्दा दुख लागेको छ । हामीलाई भएको अन्यायमाथि अझ आम समर्थकबाट आएको नकारात्मक प्रतिक्रियाले हाम्रो खेल जीवन के सार्थकतामा प्रश्न उठेको छ । हामीले क्लब फुटबललाई बिर्सेर हरेक पटक राष्ट्रिय टोलीका लागि खेल्दै आएका छौं ।

अन्तर्राष्ट्रिय नियम अनुसार हरेक खेलको दिन अघि राष्ट्रिय टोलीमा सामेल हुनु पाउने भए पनि हामीले क्लब जिम्मेवारी थाँती राख्दै एन्फाले माग गरे अनुसार नै राष्ट्रिय टोलीमा प्रशिक्षण गर्दै आएका छौंँ। वर्षको ८ महिना राष्ट्रिय टोलीमा नै प्रशिक्षण गरेको उदाहरण पनि यहाँहरुमा अवगत गराउन चाहन्छौँ । हामी खेलाडीका लागि क्लब फुटबल नै आयआर्जनको मुख्य आधार हो । राष्ट्रिय टोलीमा खेल्नु हाम्रो लागि गौरवको विषय हो र देशको प्रतिष्ठासँग जोडिएको विषय हो । हामीले राख्दै आएका छौं।

क्लब फुटबलभन्दा राष्ट्रिय टोलीलाई नै अघि विगलमा क्लब फुटबलबाट बाहिर रहेर निरन्तर राष्ट्रिय टोलीमा रहँदा पनि समयमा अता प्रदान गरिएको थिएन । त्यसका बाबजुद पनि हामी राष्ट्रिय टोलीमा नियमित उपस्थित रहेर खेल्दै आएका छौं । एन्फाले घोषणा गरेको पुरस्कार राशि, प्रशिक्षण दौरानका भत्ता नदिँदा पनि हामीले कुनै प्रश्न नउठाइ आफ्नो जिम्मेवारी निर्वाह गरेका छौँ । यसपटक क्लोज क्याम्पमा राख्दा टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले सामान्य गास बासबारे प्रश्न सोध्दा जुन व्यवहार गरियो त्यसमा हामी असन्तुष्ट थियौँ । राष्ट्रिय टोलीका प्रशिक्षकले टोलीका सदस्य खेलाडीलाई त्यस किसिमको व्यवहार गर्नु राम्रो थिएन । त्यसमाथि क्याम्प नै छोडेर जा भन्नु अन्यायपूर्ण हो भन्ने हामीलाई लागेको छ ।

यसबारे हामीले प्रशिक्षकसँग कुरा गर्न जाँदा हामीलाई पनि पटक पटक क्याम्प छोडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छोड्न बाध्य भएका हौँ । हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियो । समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौँ । टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर सार्वजनिक रुपमा नै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं ।

२ हामी खेलाडीले राष्ट्रिय टोलीमा रहदा सघ नियमपूर्वक जिम्मेवारी निर्वाह गरेका छौं । नयाँ प्रशिक्षकको आगमनपछि त क्लब फुटबलमा हुँदा र व्यक्तिगत जीवनमा पनि अनेक दबाब आएका छन् । यसमा पनि हामीले कुनै प्रतिप्रश्न गरेका छैनौँ, न त हामीले बाहिर केही भनेका छौं । हाम्रो यस मौनताको फाइदा उठाउँदै पटक पटक अनावश्यक दबाब दिँदा पनि हामी चुप बस्यौँ । तर पछिल्लो घटनाक्रममा हामीले एक जुट नभए आउने पिढीका खेलाडीले यो भन्दा बढी मानसिक दबाब खेप्नुपर्ने देखेर नै हामीले प्रशिक्षकसँग छलफल गर्ने प्रयास गरेका थियौं । हामीले राष्ट्रिय टोलीको क्याम्प मात्र नभएर दैनिक जीवनमा हुनुपर्ने सामान्य कुराबारे जिज्ञासा राख्दा यस्तो व्यवहार आउला भन्ने अपेक्षा गरेका थिएन । यस विषयमा समन्वय गर्न हामीले नवनिर्वाचित खेलाडी संघलाई पनि जानकारी दिएका थियौँ । तर एन्फा नेतृत्वबाट खेलाडी संघले गरेको सक्दो प्रयासमा चित्तबुझ्दो सम्बोधन भएन । त्यसैले पनि हामीले सार्वजनिक रुपमा आफैँ थाहा दिनुको विकल्प रहेन । हामी खेलाडी राष्ट्रका लागि खेल्नु हाम्रो दायित्व हो । यसबाट हामी कदापी पन्छिने छैनौं । तर जुन किसिमको व्यवहार प्रशिक्षक अलमुताइरी र टोलीबाट भयो, यसमा हामी दुखि छाँ यसअघि यस्ता घटना हुँदा पनि हामीले टोलीको हितका लागि सधैं चुप रहेका थियौँ तर एकपछि अर्को अन्यायपूर्ण निर्णय भएपछि हामीले यसबारे छलफल गर्न जाँदा उल्टै हामीलाई टोलीबाट बाहिर जाने निर्देशनप्रति एन्फा नेतृत्वको ध्यानाकर्षण हुनुपर्छ ।