अमेरिकाको जलसेना आधारस्थलमा दोहोरो भिडन्त: कम्तिमा ४ को मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकाको जलसेना आधारस्थलमा दोहोरो भिडन्त: कम्तिमा ४ को मृत्यु



काठमाडौं- अमेरिकामा फेरी गोलि चलेको छ । अमेरिकाको फ्लोरिडा राज्यस्थित पेन्सकाेलामा रहेको जलसेनाको आधारस्थल (नेवल बेस) मा गोलि चलेको त्यहाँका स्थानीय समाचार माध्यमले जानेका छन् ।

गोली चल्दा एकजना शंकास्पद व्यक्तिसहित चारजनाको मृत्यु भएको छ। स्थानीय समाचारक अनुसार सबेरै सो घट्ना भएको हो ।

त्यहाँको स्थानीय समयअनुसार बिहान ६ः५१ मा त्यहाँको एफबिआई र एटिएफ लगायतका सुरक्षा निकाय परिचालित भएको जनाएको छ।

उक्त आधारस्थलमा एउटा कक्षाकोठा रहेको भवनमा गोलीप्रहार भएको अधिकारीहरुले बताएका छन्।

घटना घटेको थाहा पाएपछि सुरक्षाकर्मी घट्नास्थलमा पुगेर दोहोरो गोली प्रहारपछि एक शंकास्पद् व्यक्तिलाई घाइते बनाइएको जनाइएको छ। आक्रमणकारी सहित तीन व्यक्तिलाई तत्काल मृत्यु घोषणा गरिएको पुलिसले जनाएको छ।

गोली प्रहारमा आठजना घाइते भएको र तत्काल बाप्टिस्ट हस्पिटलमा लगिएको जनाइएको छ। एकजना घाइतेको अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो।

घाइतेमध्ये दुई जना अधिकारीहरु पनि छन्। घाइते र आक्रमणकारीहरुको नाम सार्वजनिक गरिएको छैन।

आक्रमणपछि सो जलसेनाको आधारस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सो समाचारमा जनाइएको छ।

पेन्सकोला आधारस्थलमा १६,००० सैन्य र ७,४०० सिभिल कर्मचारी रहेको उसको वेवसाइटमा उल्लेख छ। त्यहाँ नेवल एभियसन स्कूल कमान्ड, नेवल एयर टेक्निकल ट्रेनिङ सपोर्ट ग्रुप २१ र २३ र नेवल एजुकेसन ट्रेनिङ कमान्ड आदि रहेका छन्।

जलसेनाको आधारस्थलमा यस्तो आक्रमण यो दोस्रोपटक भएको समाचारमा उल्लेख छ।