अमेरिकामा कामदारको चरम अभाव: उद्योगहरू बन्द हुने अवस्थामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकामा कामदारको चरम अभाव: उद्योगहरू बन्द हुने अवस्थामा



एजेन्सी- चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वका आधा मानिसले जागिर गुमाएका थिए । यसको ठिक विपरीत अहिले अमेरिकामा करोडौँ मानिसले जागिरबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय अमेरिकामा जागिरबाट राजीनामा दिनेको संख्यामा तीव्र वृद्धि भएको समाचारमा जनाइएको छ । ‘युएस ब्यूरो अफ लेबर स्ट्याटिक्स’का अनुसार गत सेप्टेम्बर महिनामा ४४ लाख अमेरिकी नागरिकले जागिरबाट राजीनामा दिएका थिए ।

यो संख्या अगष्ट महिनाको भन्दा दुई लाख बढी हो । अगष्ट महिनामा करिब ४३ लाख र जुलाईमा ३६ लाख अमेरिकी नागरिकले जागिरबाट राजीनामा दिएका थिए ।

अमेरिकी पत्रिका वासिङ्गटन पोस्टका अनुसार जागिर छाड्नेमा बढी मात्रामा हस्पिटालिटी तथा खुद्रा व्यापारसँग सम्बन्धित रहेको छ । जागिर छाड्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ ।

एक रिपोर्टका अनुसार कामबाट आवश्यक छुट्टी नमिलेका कारण अमेरिकी नागरिकले जागिरबाट राजीनामा दिएका हुन् । यस्तै, कोरोना संक्रमण कम भएपछि धेरै कम्पनीले ‘वर्क फ्रम होम सिस्टम’ बन्द गर्नु पनि रहेको छ । वर्क फ्रम होम सिस्टम हुँदा धेरै मानिसहरूलाई परिवारसँग बस्ने बानी परेको समेत हुन सक्ने समाचारमा जनाइएको छ ।

उद्योग बन्द हुने अवस्थामा

मानिसहरूले जागिरबाट राजीनामा दिएसँगै सबैभन्दा बढी उद्योगमा असर परेको छ । उद्योगमा काम गर्ने क्षमतावान कामदारको अभाव हुन थालेपछि बन्द हुने अवस्थामा पुगेका छन् । जसले गर्दा ठूला कम्पनीलाई धेरै मार परेको जनाइएको छ ।