अमेरिकामा भवन भत्किँदा: एकको मृत्यु, ९९ जना बेपत्ता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकामा भवन भत्किँदा: एकको मृत्यु, ९९ जना बेपत्ता



एजेन्सी– अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ । भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ ।

फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्ने बारे खुलेको छैन ।

त्यहाँ उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको यो भवनमा २ सय ३० वटा फ्ल्याट छन् । यसमध्ये आधाजसो भागमा असर परेको खबरमा उल्लेख गरिएको छ । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।