बजारमा आयो 'अमेरिका मेरो बुढा छ' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बजारमा आयो ‘अमेरिका मेरो बुढा छ’



महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै बजारमा नयाँ नयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तिजका गीत सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा विपीन केसीको शव्दमा सजिएको अमेरिका मेरो बुढा छ सार्वजनिक गरिएको छ । युवा व्यवासायी समेत रहेका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् । यसपटक सार्वजनिक उक्त गीतमा जय देवकोटा, रेजीना परियारको संयुक्त आवाज सुन्न सकिन्छ ।

गीतको भिडियोमा चर्चित मोडल शंकर बिसी, उषा सुबेदी लगायतका कलाकारको बेजोड प्रस्तुती देख्न सकिन्छ । गीतको अडियो र भिडियोले दर्शकको ध्यान खिचेको छ ।

खदन खड्का, शिव जि क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । १२ मिनेटभन्दा लामो गीतको म्युजिक जय देवकोटाले गरेका छन् । कृष्ण केसीले यसको एरेन्ज गरेका छन् ।