स्थिति भयावह भएपछि अमेरिकामा सेना परिचालन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्थिति भयावह भएपछि अमेरिकामा सेना परिचालन



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीविरुद्ध लड्न सेना परिचालन गर्ने भएका छन् ।

युद्धजस्तो वर्तमान अवस्थासँग जुध्न अरु कोही तयार नभएको ट्रम्पको तर्क छ । शुक्रबारसम्म अमेरिकामा ७ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने कम्तिमा २ लाख ७६ हजार ५ सय पुगेको छ । जुन संसारमै सबैभन्दा धेरै संक्रमित भएको देशको रुपमा चिनिएको छ ।

‘हामी कोरोना विरुद्धको हाम्रो प्रयासमा सैन्य बलको भूमिका विस्तार गर्दैछौँ, किनकि, अमेरिकी सेना जस्तो युद्ध जित्न तयार अरु कोही छैन । र हामी युद्धमा छौँ अदृश्यसँग,’ ट्रम्पले भनेका छन् ।

यही शुक्रबार न्युयोर्कमा पत्रकार सम्मेलनको क्रममा ट्रम्पले यस्तो बताएका हुन् । अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना भाइरसबाट १ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । साथै ३ हजारको मृत्यु भइसकेको छ ।

यसको छिमेकी न्यु जर्सीमा ३० हजार संक्रमित छन् । साथै ६ सय ४६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा आगामी १० दिनमा अझै संक्रमण फैलनसक्ने आंकलन गरिएको छ ।

कारोना भाइरसका कारण अबको केही महिनामै १ देखि २ लाखको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकामा पछिल्लो शुक्रबार मात्रै ३३ हजार नयाँ संक्रमित भए । जब कि एकै दिन १ हजार ५ सय ५० ले ज्यान गुमाए । हालसम्म अमेरिकामा ७ हजार ४ सय भन्दा धेरैको मृत्यु भएको छ ।