भोजपुरका अमिन राईको कोरियामा ज्यान गयो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

भोजपुरका अमिन राईको कोरियामा ज्यान गयो



भोेजपुर – भोजपुरका एक युवाको कोरियामा मृत्यु भएको छ। रोजगारीका लागि कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का ३५ वर्षीय अमिन राईको कोरियामा ज्यान गएको हो।

अमिनको सोमबार ज्यान गएको जनाइएको छ । काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।