२५ प्रतिशत कलेजो र हिम्मतले बाँचेका अमिताभ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

२५ प्रतिशत कलेजो र हिम्मतले बाँचेका अमिताभ



एजेन्सी- सन् १९८३ मा बलिउडमा आएको फिल्म कुलीले अभिनेता अमिताभ बच्चनलाई निकै ठूलो सफलता दिलायो । तर, यो फिल्मका कारण अमिताभले जुन समस्या भोगेका छन्, त्यसले उनको जीवनलाई थप समस्यामा धकेल्यो ।

यो फिल्मको एउटा दृश्यमा अभिनेता पुनित इस्सरले अमिताभको पेटमा पन्च हान्छन् । फिल्ममा यो सिन अत्यन्त सहज देखिन्छ तर सुटिङमा यही सिनका कारण अमिताभको जीवनमा समस्या सुरु भएको थियो ।

किनकि यो पन्च यति तेज थियो कि त्यसले अमिताभको शरीरमा निकै रगत बगेको थियो । त्यो पनि इन्टर्नल ब्लिङिङ ।

उनलाई तत्काल मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई ६० बोतल रगत चढाउनु परेको थियो । तर, यही क्रममा एउटा लापरबाही पनि भयो ।

एक व्यक्तिको हेपटाइटिस बी संक्रमित रगत अमिताभ बच्चनलाई दिइयो । यसैका कारण अमिताभले जीवनभर दुःख पाए ।

यही रगतका कारण अमिताभलाई लिभर सिरोसिस भयो । सन् २०१२ मा त अमिताभको लिभर कति बिग्रियो भने त्यसको ७५ प्रतिशत भाग काटेर फाल्नु पर्ने भयो ।

त्यसैले अहिले अमिताभ २५ प्रतिशत कलेजोमा बाँचिरहेका छन् । त्यसपछि अमिताभ शाकाहारी भए ।