अमिताभले भने: समाचार गैरजिम्मेवार, नक्कली र झूट हो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अमिताभले भने: समाचार गैरजिम्मेवार, नक्कली र झूट हो



एजेन्सी । बलिउड मेगास्टार अमिताभ बच्चनले बिहीबार साँझ एक ट्विट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको भन्ने खबर गलत भएको भन्दै खण्डन गरेका छन् ।

१२ दिनदेखि मुम्बईस्थित नानावती अस्पतालमा कोरोनाको उपचारमा रहेका उनले भारतीय मिडियामा उनको रिपोर्ट नेगेटिभ आएको र उनी चाँदै डिस्चार्ज हुँदैछन् भन्ने समाचार गलत भएको पुष्टि गरेका छन् ।

उनले भारतीय च्यानल ‘टाइम्स नाउ’को ट्विटरमा सेयर गरेको आफ्नोबारे भिडियो रिपोर्ट रि–ट्विट गर्दै लेखेका छन्,“यो समाचार गलत, गैरजिम्मेवारपूर्ण नक्कली, अयोग्य झूट हो ।”

अमिताभ बच्चन र छोरा अभिषेक बच्चनमा जुलाई ११ मा कोरोना संक्रमण देखिएको थियो । सोही दिन उनीहरुलाई मुम्बाई स्थित नानावती अस्पतालमा भर्ना गराइएको थियो ।

भने त्यसको भोलिपल्ट बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना देखिएको थियो । यद्यपि उनीहरु घरमै क्वारेन्टिनमा बसे ।